सारथी बहुदेशिय सहकारीमा स्वागत छ !
नेपालको प्रचलित सहकारी ऐन नियम तथा सहकारिताको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सामाजिक रुपमा जागरुक बिभिन्न क्षेत्र, पेशा, ब्यवसायमा संलग्न युवाहरुको अग्रसरता एवम् स्थानीय नागरिकहरुको सहभागितामा स्थापित सारथी बहुद्देश्यीय सहकारी संस्था स्थापनाकालदेखि नै आफ्ना सदस्यहरुको सामुहिक हित, स्वावलम्बन एवम् आर्थिक उन्नतिका लागि प्रतिबद्ध र कृयाशिल रहेको छ । संस्थाका सदस्यहरूसँग उपलब्ध पूँजिमा उचित प्रतिफल प्रदान गर्ने र संकलित पूँजिलाई व्यवसायिक सोच र क्षमता भएका सदस्यमाझ परिचालन गरी आफ्ना सदस्यलाई सरल र सुलभ रुपमा बित्तीय सेवा उपलब्ध गराउँदै आइरहेको यस संस्थाले सदस्यहरूको सीपविकास, क्षमता अभिबृद्धि, व्यवसाय विस्तार आदिमा समेत योगदान पुर्याउँदै आएको छ । सदस्यहरुको एकता, सामुहिक प्रयास र आपसि सद्भावमा विश्वास राख्दै आएको यस संस्थाले सदस्यहरूको हित र सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न योजनाहरू अघि सारेकाे छ ।
अध्यक्षको भनाइ
दिलिप शर्मा
सहकारीका मूल्य मान्यतमा सञ्चालन भएको सहकारी सारथी नै हो
विस्वमा १७३ बर्ष लामो ईतिहास बोकेको सहकारी आन्दोलनले नेपालमा औपचारिक रुपमा ६२ बर्ष पार गरिसकेको छ । सहकारीका लागि यो समय भनेको धेरै लामो समय हो । यस बीचमा देशमा ३४,५१२ वटा बिभिन्न प्रकृतिका सहकारी संस्थाहरु दर्ता भई सञ्चालनमा रहेको सहकारी विभागको तथ्यांकले देखाउँछ । संख्यात्मक रुपमा देखिएका यस्ता सहकारी संस्थाहरुको सञ्चालन पद्दती वा प्रकृया के कस्ता छन् त भन्ने बिषयमा स्वयं सहकारी नियमन गर्ने निकाय तथा यस आन्दोलनका अभियन्ताहरुमा समेत फरक मत पाईन्छ । सहकारी संस्थाहरु गुणात्मक रुपमा अगाडि बढ्नका लागि अन्र्तराष्ट्रिय सिद्धान्त तथा मूल्य मान्यतामा आधारित भई सोहि मर्मलाई आत्मसात गर्दै अगाडि बढ्नु पर्दछ । यसो गर्न सकेमा आम जन समुदाय तथा आबद्ध शेयर सदस्यहरुको जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ । Read more..
ब्यवस्थापककाे भनाइ
दिलिप शर्मा
सशासन, पारदर्शीता र जवाफदेहि रुपले संस्था सञ्चालन गरिरहेका छौं ।
उच्च व्यवस्थापनमा संस्था सञ्चालन गर्नु सामान्य कुरा पक्कै होइन र सजिलो पनि छैन । नीति, विधि सहकारी सहकारी बीचको अस्वस्थ प्रतिष्पर्धा र एक अर्का बीचको अविश्वासका बीचमा सहकारीहरु सञ्चालन भइरहेको अवस्थामा यस सारथी बहुउद्देश्यीय सहकारी संस्था लि. लाई बिलकुलै फरक र सहकारीका मूल्य मान्यता, सिद्धान्त र विधिमा सञ्चालन गर्नुपर्छ भन्ने सञ्चालक समितिको सोचका कारण यस संस्थालाई व्यवसायिक र मर्यादित बनाई अगाडि बढाइदै लागिएको पनि छ । सुरुवात देखि नै संस्था विधि र नीतिमा आधारित भई शेयर सदस्यको समग्र पक्षको हितलाई ध्यानमा राखि सञ्चालन हुदै आइरहेको यस संस्थामा सबै खालका नीतिहरु कार्यान्वयनमा छन् । Read more…
सारथीका सदस्यहरूकाे अनुभव
मलाइ शारथीले ठुलाे गुन लगाएककाे छ । यसैकाे सहयाेगले सुरूगरेकाे सानाे व्यवसाय बिस्तार गर्दै ठुलाे बनाउन सफल भएकाेछु । सारथी साँचै सारथी बनेकाे छ हाम्राे परिवारकाे र अन्य कैयन परीवारकाे लागी ।
मलाइ शारथीले ठुलाे गुन लगाएककाे छ । यसैकाे सहयाेगले सुरूगरेकाे सानाे व्यवसाय बिस्तार गर्दै ठुलाे बनाउन सफल भएकाेछु । सारथी साँचै सारथी बनेकाे छ हाम्राे परिवारकाे र अन्य कैयन परीवारकाे लागी ।
Affiliates



